देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस नेता शेखर कोइरालाका दाजु निरञ्जनको कोरोना संक्रमणका कारण मृत्यु

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाका सहोदर दाजु निरञ्जन कोइरालाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ। उनी भारतको नयाँदिल्लीस्थित म्याक्स अस्पतालमा एक महिनादेखि उपचाररत थिए।

नयाँदिल्लीमा व्यवसाय गरेर बस्दै आएका कोइरालाको उपचारकै क्रममा आज बिहान मृत्यु भएको शेखर कोइरालाले आफ्नो फेसबुकमा लेखेका छन्।

केशव कोइराला र नोना कोइरालाका जेठा छोरा निरञ्जन कोइराला नेपालका प्रतिष्ठित पर्यटन व्यवसायीका रुपमा चिनिन्छन्।

निरञ्जन अस्पताल भर्ना भएको समाचारपछि डा शेखर दाजुलाई भेट्न एक महिनाअघि नयाँदिल्ली पुगेका थिए।