देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रचण्ड पत्नी सीतालाई थप उपचारका लागि भारत लगियो

देशान्तर

काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीताको उपचारका लागि भारत गएका छन्।

नेपाल एयरलाइन्सको विमान मार्फत आज ११ बजेट उनीहरु भारत गएका हुन्। उनको उपचार न्यूरोजेन ब्रेन एण्ड स्पाइन इन्सटिच्युट मुम्बई हुने प्रचण्डको सचिवालयले जनाएको छ। सीतासँगै अध्यक्ष प्रचण्ड र छोरी गंगा दाहाल पनि मुम्बई गएका हुन्।

लामो समयदेखि वंशानुगत पार्किन्सनजस्तो देखिने रोगले पीडित सीताको स्वास्थ्य अवस्था थप बिग्रँदै गएपछि भारत लागिएको हो। यसअघि उनको अमेरिका, सिंगापुर र भारतमा पनि उपचार भएको थियो।