गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आजदेखि सुरु हुँदैछ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले माग गरेपछि गण्डकी प्रदेशको विशेष अधिवेशन बोलाइएको हो ।
विशेष अधिवेशनको बैठक दिउँसो १ बजे पोखरा सभागृहमा बस्ने छ । पहिलोपटक आह्वान गरिएको विशेष अधिवेशनमा जनसरोकारका विषयमा छलफल हुने कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले जानकारी दिए ।
संविधानको धारा १८३ को उपधारा ३ मा प्रदेशसभाको अधिवेशन वा बैठक चालू नभएको अवस्थामा प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको एकचौथाइ सदस्यले लिखित अनुरोध गरेमा विशेष अधिवेशन बोलाउनुपर्ने व्यवस्था छ ।
सोही व्यवस्थामा टेकेर नेपाली कांग्रेसका १५ र जसपाका दुई सांसदले विशेष अधिवेशन माग गर्दै निवेदन दिएका थिए ।





प्रतिक्रिया