काठमाडौँ – राष्ट्रियसभाका सदस्य रामनारायण बिडारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अस्वीकार गर्न माग गर्दै विरोधको सूचना पेस गरेका छन् । संसद् सचिवालयका सह-प्रवक्ता दशरथ धमलाले बिडारीले विरोधको सूचना पेस गरेको जानकारी दिए ।
कुनै अध्यादेश पेस भएपछि सो अस्वीकार गरियोस् भनी राष्ट्रियसभा सदस्यहरुले विरोधको सूचना पेस गर्न पाउने व्यवस्था छ । सोहीअनुसार बिडारीले विरोधको सूचना पेस गरेका हुन् । मंसिर ३० गते संवैधानिक परिषद् पहिलो संशोधन अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी थिइन् । शुक्रबारको राष्ट्रियसभा बैठकमा सरकारले सो अध्यादेश सभामा पेस गरेको थियो ।





प्रतिक्रिया