काठमाडौँ – जनता समाजवादी पार्टी जसपाका नेता उपेन्द्र यादवले प्रधानमन्त्रीको असंवैधानिक र अलोकतान्त्रिक कदमले राष्ट्रियता कमजोर भएको बताएका छन् । उनले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक कार्य भएकोले यसको खारेजीको माग गरेका छन् ।
आज जसपाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले प्रधानमन्त्रीको कदमले थप अस्थिरता निम्त्याएको बताएका हुन् । राष्ट्रियता कमजोर भएको भन्दै विदेशी शक्ति चलखेल गर्ने वातावरण बनेको यादवले उल्लेख गरे ।





प्रतिक्रिया