काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटनको विरोधमा कांग्रेसले डटेर विरोध गर्ने बताएका छन् । मंगलवार राजधानीमा आयोजित राष्ट्रिय दलका नेताहरूबीच भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै पौडेलले कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक कदमको विरोध गर्ने बताएका हुन् ।
संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भनिसकेपछि कांग्रेसले आन्दोलन गर्ने क्रममा मोही माग्ने ढुङ्ग्रो लुकाउनेुकाम नगर्ने उनले बताए । यसको डटेर विरोध गर्नुपर्छ । हाम्रो पार्टी सर्वसम्मत छ, पौडेलले भने, कस्तो विरोध भन्ने कुरा आएपछि, मोही माग्ने ढुङ्ग्रो लुकाउने कुरा छैन । संवैधानिक र अलोकतान्त्रिक काम सच्चिनुपर्छ । उनले सर्वोच्च अदालतले पनि संविधानको धारा, अक्षर र भावनालाई कदर गर्ने गरी फैसला गर्ने आफ्नो विश्वास रहेको बताए ।





प्रतिक्रिया