देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संवैधानिक इजलासमा नबस्ने न्यायाधीश कार्कीको घोषणा

देशान्तर

काठमाडौँ – न्यायाधीश हरिकृष्ण कार्कीले संसद विघटनबारे सुनुवाई गरिरहको संवैधानिक इजलासमा नबस्ने घोषणा गरेका छन् । प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा सर्वोच्चको संवैधानिक इजलासमा भएको बहसमा वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रश्न उठाएपछि न्यायाधीश कार्कीले इजलासमा नबस्ने घोषणा गरेका हुन् ।

प्रतिनिधिसभा विघटनविरुद्धका रिटहरुमाथि निरन्तर सुनुवाईको क्रममा थापाले न्यायाधीश कार्की विगतमा प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाहकार रहेको भन्दै संवैधानिक इजलासमा उनको सहभागिता र निस्पक्षतामाथि प्रश्न उठाएका थिए । नयाधीश थापाको प्रश्नपछि प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराले संवैधानिक इजलासमा कुन न्यायाधीश बस्न मिल्ने र को नमिल्ने भन्ने प्रश्न नउठाउन वरिष्ठ अधिवक्ताहरुलाई आग्रह गरेका थिए ।

संवैधानिक परिषदमा सुरू भएको प्रतिनिधिसभा सम्बन्धी मुद्दाको अर्को सुनुवाइ अब अर्को बुधबार हुने गरी स्थगित भएको छ । आजको संवैधानिक इजलासले अर्को सुनुवाइ पुस २९ गते बुधबार गर्ने निर्णय गरेको हो।