देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्रीले राष्ट्रिय सभामा मधेशी आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने

देशान्तर

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा ‘मधेशी आयोगको वार्षिक प्रतिवेदन, २०७६/०७७’ पेश गर्ने भएका छन् । बिहीवार (भोलि) बस्ने राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री ओलीले उक्त प्रतिवेदन पेश गर्न लागेको संघीय संसदको महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभा अन्तर्गतका विषयगत समितिहरुमा सदस्यहरुको नाम मनोनयनका लागि प्रस्ताव गर्नेछन् । गत पुस १७ गते शुक्रवारबाट राष्ट्रिय सभाको अधिवेशन शुरु भएको छ ।