देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओली समूहद्धारा सुदूरपश्चिम प्रदेश कमिटी विस्तार, भीम रावलमाथि कारबाही सिफारिश

देशान्तर

काठमाडौं – नेकपा केपी ओली समूहले सुदूरपश्चिम प्रदेश कमिटी विस्तार गरेको छ । प्रदेशको चौथो विस्तारित बैठकले प्रदेश कमिटी विस्तार गरी ५५१ सदस्यीय बनाएको हो ।

प्रदेश संयोजक लेखराज भट्टको प्रमुख आतिथ्यता र अध्यक्ष कर्णबहादुर थापाको अध्यक्षतामा भएको बैठकले पुस २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख वक्ताका रूपमा राजधानी बाहिर पहिलोपटक धनगढीमा हुने जनसभालाई संबोधन गर्ने भएकोमा उक्त कार्यक्रमलाई शानदार रूपमा सफल पार्न योजनाबद्द ढंगले जनपरिचालनमा जुट्ने निर्णय गरेको छ ।

बैठकले पार्टीको रकम हिनामिना गरेको आरोप लगाउँदै नेता भीम रावल कारबाही गर्न सिफारिश समेत गरेको एक नेताले बताए । रावल प्रचण्ड–नेपाल समूहमा रहेका छन्।