देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुर्खेतमा यात्रुबाहक बस भेरी नदीमा खस्यो,घटनाबारे थप विवरण आउन बाँकी

देशान्तर

काठमाडौ । सुर्खेतमा यात्रुबाहक बस भेरी नदीमा खसेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीका अनुसार बोटेचौरदेखि सल्लीबजारतर्फ जाँदै गरेको बस गुर्भाकोट नगरपालिका–९ गराले बजारनजिकै बस भेरी नदीमा खसेको हो।

प्रारम्भिक जानकारीअनुसार बोटेचौरदेखि सल्लीबजार जाँदै गरेको बस भेरीमा खसेको खबर आएको छ। प्रहरी दुर्घटनास्थलमा भर्खर पुगेको छ। बसमा कति यात्रु थिए भन्ने खुल्न बाँकी छ।

घटनाबारे थप विवरण आउन बाँकी छ।