देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दिगो विकास समितिमा बामदेव गौतम मनोनीत

देशान्तर

काठमाडौं – राष्ट्रियसभाको आजको बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौमतलाई सभाको दिगो विकास तथा सुशासन समितिमा मनोनयन गरेको छ । राष्ट्रियसभा नियमावली २०७५ को नियम १४९ को उपनियम १ बमोजिम उहाँलाई सो समितिमा मनोनयन गरिएको हो ।

बैठकमा यसअघि प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले मधेशी आयोगको वार्षिक प्रतिवेदन २०७६-०७७ पेश गरेका थिए । राष्ट्रियसभाको अर्काे बैठक शुक्रबार अपराह्न १ बजे बस्नेछ ।