देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रचण्ड-नेपाल पक्षले देशभरबाट प्रधानमन्त्रीलाई विराेध पत्र बुझाउँदै

देशान्तर

नेकपाको पुष्पकमल दाहाल प्रचण्ड माधवकुमार नेपालसमूहले आज देशभरबाट विरोध पत्र बुझाउने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस पाँच गते संसद् भंगगरेपछि सडक संघर्ष शुरु गरेको प्रचण्ड नेपाल समूहले जिल्ला प्रशासन कार्यालयमार्फत विरोध पत्र बुझाउन लागेको हो ।

दोस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज ७७ वटै जिल्लाबाट प्रधानमन्त्रीलाई विरोधपत्र बुझाउन लागिएको प्रचण्ड नेपाल पक्षिय नेताहरुले बताएका छन् ।

नेकपा केन्द्रीय संघर्ष समितिका अनुसार जिल्ला प्रशासन कार्यालयबाट बुझाइने विरोधपत्रका साथमा पुस्तक पनि हुने छ र राष्ट्रका नाममा क्षमा मागि गलत काम सच्याउन अनुरोध गरिने एक नेताले बताएका छन् ।

यस्तै प्रचण्ड–माधव पक्षीय अनेरास्ववियूले पनि ७७ वटै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने र ज्ञापनपत्र बुझाउने कार्यक्रम निर्धारण गरेको छ । अनेरास्ववियूले पनि प्रतिनिधिसभा विघटनविरुद्ध चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।