देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लगानी खोजेर भए पनि पश्चिम सेती आयोजना अगाडि बढ्छ : प्रधानमन्त्री ओली

देशान्तर

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पीश्चम सेती जलविद्युत आयोजनलाई तत्काल अगाडि बढाउने बताएका छन्।

कैलालीको घनगढीमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सकेसम्म आफ्नै लगानीमा नभए लगानी खोजेर पनि पश्चिम सेत आयोजना अगाडि बढाउने बताएका हुन्।

‘पश्चिम सेती जलविद्युत आयोजनामा यसअघि विभिन्न कारणले गर्दा मन्त्रालय अगाडि जान सकेन, त्यसले ध्यान दिन नसकेका कारण कामको गति ढिला भयो’ उनले भने, अब पश्चिम सेती आफ्नै लगानी होस् वा लगानी खोजेर होस् अब अगाडि बढाइनेछ।

प्रधानमन्त्री ओलीले परराष्ट्रमन्त्रीको भारत भ्रमणका क्रममा गौरीफन्टा नाकाको स्तरोन्नतिको कुरा हुने बताए।