देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओली पक्षको युवा संघले काठमाडौंमा शक्ति प्रदर्शन गर्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने

देशान्तर

काठमाडौं – प्रधानमन्त्री केपी ओली पक्षको राष्ट्रिय युवा संघले आज शनिबार काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ। संघको बागमती प्रदेश कमिटीले काठमाडौंका विभिन्न स्थानबाट र्‍याली गर्दै मध्यान्ह १२ बजे प्रज्ञा भवनमा भेला गर्न लागेको हो। भेलालाई प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्दैछन्।

बिहान ११ बजे सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर र काठमाडौं निर्वाचन क्षेत्र १ देखि ४ सम्मका कार्यकर्ता नयाँ बानेश्वरमा भेला भई र्‍याली गर्नेछन् भने मकवानपुर, चितवन, धादिङ र काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ देखि १० सम्मका कार्यकर्ताहरुको र्‍याली बिहान साढे ११ बजे सुन्धाराबाट सुरु हुनेछ।

यस्तै, रसुवा, नुवाकोट र काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५, ६ र ७ का नेता–कार्यकर्ताहरुको र्‍याली बिहान साढे ११ बजे लैनचौरबाट सुरु भई जमलको मूल र्‍यालीमा जोडिनेछ । ललितपुर निर्वाचन क्षेत्र नम्बर १, २ र ३ को र्‍याली बिहान ११ बजे पुलचोकबाट सुरु भई माइतीघर मण्डलाको मूलर्‍यालीमा जोडिने जनाइएको छ।