देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भक्तपुरबाट ओली समूहको र्‍याली सुरु ,भेलालाई प्रधानमन्त्री सम्बोधन गर्ने

देशान्तर

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहको युवा संघले शनिबार काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ। युवा संघ बागमती प्रदेश कमिटीको आयोजनामा काठमाडौंका विभिन्न चार ठाउँबाट र्‍याली निकाल्ने कार्यक्रम छ।

यसक्रममा भक्तपुर सूर्यविनायक भुलाँचा चोकमा रहेको पार्टी कार्यालयबाट काठमाडौंका लागि मोटरसाइकल र्‍यायाली सुरु भइसकेको छ।

सबै र्‍याली नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा पुगेर सभामा परिणत हुने जनाइएको छ। भेलालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।