देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विप्लव माओवादीको बन्दले जनजीवन प्रभावित

देशान्तर

काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दका कारण देशभरको जनजीवन प्रभावित भएको छ भने कतिपय स्थानमा माओवादीका कार्यकर्ताहरु हिंसामा पनि उत्रेका छन् । उनिहरुले कोटेश्वरमा ट्याक्सीमा आगजनी गरेका छन् भने साझा बस तोडफोड गरेका छन् । बन्दका कारण राजधानी काठमाडौंसहित अधिकांश जिल्लामा सवारी आवागमन ठप्प भएको छ। उपत्यकामा पनि बन्दका कारण छिटपुटमात्रामा मात्रै गाडी चलेका छन्।  

उपत्यकामा निजी सवारी साधन चलेपनि सार्वजनिक यातायातका साधन एकदमै कम चलेका छन्। काठमाडौं उपत्यकामा बन्दै गराउँदै हिँडेका विप्लव माओवादीका ३० जना कार्यकर्तालाई पक्राउ परेका छन्। बालाजु, नयाँ बसर्पाक, कंलकी क्षेत्रबाट बन्द गराउँदै हिँडेका उनीहरुलाई पक्राउ गरिएको एसएसपी बिक्रमसिंह थापाले जानकारी दिए। प्रहरीले बन्द कर्ता टेड युनियन नेता योगेन्द्र कुमाललाई पनि नियन्त्रणमा लिएको छ । बन्दकर्ताले यात्रु बनेर बिहान ३ बजे तीनकुनेमा ट्याक्सी जलाएका छन्।

बन्द कर्ताले टेकुमा साझा बसमाथि ढुंगा प्रहार गरेका छन् । बसमा सामान्य क्षति पुगेको छ। ढुंगा हान्नेलाई नियन्त्रणमा लिइएको एसएसपी थापाले बताए। बन्दकर्ताले काठमाडौंको कोटेश्वरमा एउटा ट्याक्सीमा आगजनी गरेका छन्। बन्दकर्ताले तीनकुनेमा बा १ ज ८२०६ नम्बरको ट्याक्सीमा आगजनी गरेको प्रहरीले जनाएको छ। राजधानीको त्रिपुरेश्वर नजिक साझा बसमा ढुंगा प्रहार गरिएको प्रहरीले जनाएको छ ।  ढुंगा प्रहार गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

]]>