देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

परिचय पत्र बोकेका विद्यार्थीलाई भाडामा छुट दिन नेविसंघको माग

देशान्तर

काठमाडौं – सार्वजनिक यातायातमा विधार्थीहरुले भाडादरमा छुट नपाएको प्रति नेपाल विधार्थी संघ शंकरदेब क्याम्पसले महानगरीय ट्राफिक प्रहरी कार्यालयको ध्यानाकर्षण गराएको छ। नेविसंघ शंकरदेव क्याम्पस ईकाइ सभापति विवेक लामा घिसिङको नेतृत्वमा गएको टोलीले महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रवक्ता श्यामप्रसाद अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको हो।

इकाइ सभापति लामाद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा लकडाउन र त्यसपछि सार्वजनिक सवारी साधनमा जोर बिजोर पूर्ण रुपमा सामान्य भइसक्दा पनि विद्यार्थीहरूले परिचयपत्रमा भाडादरामा छुट नपाएको उल्लेख छ। ध्यानाकर्षण पत्रमा महाशाखाले आधिकारिक रूपमा तत्काल सूचना जारी गरी विधार्थीहरुको समस्याको आवाज बनी दिन अनुरोध गरिएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रवक्ता श्यामप्रसाद अधिकारीले विधार्थीहरुले दिएको ध्यानाकर्षण पत्रलाई सकारात्मक रुपमा लिएको बताए। उनले राज्यद्धारा विधार्थी, बृद्धबृद्धा तथा अपाङ्गता भएका व्यक्तिहरूलाई प्रदान गरिएको सुविधा पाउनु पर्ने सो कार्यान्वयनमा ट्राफिक प्रहरी लागेको बताए।