देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओली दुर्योधन, दुशासन र भष्मासुर प्रवृतिका छन् : अध्यक्ष नेपाल

देशान्तर

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीको अर्को नाम झुट, अहंकार र घमण्ड भएको बताएका छन् । अध्यक्ष नेपालले ओलीले देश विकास र जनहितका लागि काम गर्नुको सट्टा भ्रमण र झुटको खेतीमा तीन वर्ष बिताएको बताए ।

अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीबाट देश र समाजको रुपान्तरण सपनाको कुरा मात्र भएको बताएका छन् । कम्युनिष्ट नेता जयगोविन्द साहको ३१ औं स्मृति सभालाई सिरहाको वस्तीपुरमा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले ओली भष्मासुर, दुर्योधन र दुशासन प्रवृतिको भएको बताए । उनले भष्मासुर प्रवृतिका ओलीलाई छिट्टै आफूहरुले भष्म गरिदिने चेतावनी समेत दिए ।

‘ओली दुर्योधन, दुशासन र भष्मासुर प्रवृतिका छन् । त्यसैले उनीबाट देश परिवर्तन, समाज रुपान्तरण र जनहतिको काम सम्भव छैन’, अध्यक्ष नेपालले भने, ‘हामी छिट्टै भष्मासुरलाई नै भष्म गरिदिन्छौं ।’ ओलीले देश र पार्टी दुबै चलाउन नसकेको आरोप नेपालले लगाए । उनले अनुशासनको पालना, मार्यादा, सिद्धान्त, विचारमा चल्ने मान्छेबाट मात्र पार्टीलगायत देश र समाजको विकास तथा हित हुने दावी गरे ।