देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रपतिद्धारा राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य

देशान्तर

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गरेकी छन् । मन्त्रिपरिषद्को आइतबार बिहान बसेको बैठकले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको थियो ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्यको पत्र प्राप्त भएकाले आइतबार राति १२ बजेदेखि स्वतः अधिवशेन अन्त्य हुने बताएका थिए । राष्ट्रिय सभाको हिउँदे अधिवशेनमा ४ बैठक बसेका थिए । चारवटा बैठक ७ घण्टा मात्रै बसेका थिए ।

प्रतिनिधिसभा भने पुस ५ गते नै विघटन गरिएको थियो । राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य भएको राष्ट्रपति कार्यालयको पत्रः