देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस चुनावबाट भाग्न मिल्दैन : नेता कोइराला

देशान्तर

मोरङ – कांग्रेस नेता शेखर कोइरालाले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्नेले पुनस्स्थापनाका लागि संघर्ष गर्नुपर्ने बताएका छन् ।

विराटनगरस्थित कोइराला निवासमा आइतबार पत्रकारसँगको कुराकानीमा उनले प्रमुख प्रतिपक्षी पार्टी कांग्रेसले प्रतिनिधिसभा विघटन असंवैधानिक भनिरहेको अवस्थामा यसलाई वैधानिक बनाउन पुनस्स्थापनाको विकल्प नभएको बताएका हुन् । तर अहिले यो विषय सर्वोच्च अदालतमा रहेको र कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले अदालतको जे निर्णय आउँछ त्यसलाई पनि स्विकारेर अघि बढ्ने कोइरालाको भनाइ थियो ।

‘सर्वोच्च अदालतले प्रधानमन्त्रीले गरेको निर्णय सदर गरेको अवस्थामा प्रजातान्त्रिक पार्टी कांग्रेस चुनावबाट भाग्न मिल्दैन,’ उनले भने, ‘तर चुनावको सुनिश्चिततासँगै कांग्रेसको महाधिवेशनको पनि सुनिश्चित हुनुपर्छ ।’

त्यसैले कांग्रेस अहिले प्रतिनिधिसभा पुनस्स्थापना र सर्वोच्चको फैसला प्रधानमन्त्री अनुकूल आएको अवस्थामा वैशाख १७ गतेको चुनाव दुवै स्थितिका लागि तयार रहनुपर्ने र भदौअगावै पार्टी महाधिवेशन गराउने तयारी पनि थाल्नुपर्ने कोइरालाको भनाइ थियो ।