देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

योगेश भट्टराईको चेतवानी- सत्ता र शक्तिका बलमा नैतिकतामाथि धावा नबोल

देशान्तर

काठमाडौँ – पूर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले पूर्वप्रधानन्यायाधिशहरुले प्रतिनिधि सभा विघटन बारे दिएको रायको स्वागत गरेका छन् । सामाजिक संजालमा टिप्पणी गर्दै भट्टराईले सेवाबाट अवकास लिएका श्रीमानहरुले संबिधान र कानुनका मामलामा राय नदिएर, के फिल्मको समिक्षामा राय दिनु पर्ने हो ? भन्ने प्रश्न गर्दै सत्ता र शक्तिका बलमा नैतिकतामाथि धावा नबोल्न चेतावनी दिएका छन् ।

उनले ज्ञानेन्द्रको शासनकालमा ज्ञानेन्द्रले गठन गरेको शाही आयोगलाई खारेज गर्ने यिनै श्रीमानहरुनै हुन भन्दै पूर्वप्रधानन्यायाधीशहरुको साहस र इमानको ईतिहासले सम्मान गर्ने बताएका छन् ।

उनले भनेका छन् –

लामो समय सर्बोच्च न्यायलयमा जिम्मेवारी लिएर स्वच्छ र नैतिक बलसहित सेवाबाट अवकास लिएका श्रीमानहरुले संबिधान र कानुनका मामलामा राय नदिएर, के फिल्मको समिक्षामा राय दिनु पर्ने हो ? शत्ता र शक्तिका बलमा नैतिकता माथि धावा नबोल । ज्ञानेन्द्रको शासनकालमा ज्ञानेन्द्रले गठन गरेको शाही आयोगलाई खारेज गर्ने यिनै श्रीमानहरुनै हुन । सलाम श्रीमानहरु तपाईंहरुको साहस र इमानको ईतिहासले सम्मान गर्नेछ ।