देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

थप ४ सय ८८ जनामा संक्रमण पुष्टि, ५ सय २७ जना कोरोना मुक्त

देशान्तर

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर चार सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म १९ लाख ८७ हजार पाँच सय ५५ जनाको पिसिआर परीक्षण गरिएको छ।

मन्त्रालयका अनुसार कुल संक्रमित २ लाख ६५ हजार दुई सय ६८ जना छन्। जसमध्ये सक्रिय संक्रमित ४ हजार तीन सय ७३ छन्।

बितेको २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोनाकै कारण मृत्यु हुनेको संख्या १९ सय २७ जना पुगेको छ । आज पाँच सय २७ संक्रमणमुक्त भएका छन्।

हालसम्म २ लाख ५८ हजार ९ सय ६८ जना संक्रमणमुक्त भएका छन्। हाल क्वारेन्टाइनमा रहनेको संख्या २ सय ३७ छ।