देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपाको प्रचण्ड–नेपाल समूहले तीन प्रदेशमा बृहत् कार्यकर्ता भेला गर्दै

देशान्तर

नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले मंगलबार प्रदेश नम्बर २, गण्डकी र कर्णाली प्रदेशमा बृहत् कार्यकर्ता भेला गर्ने भएको छ ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध दोस्रो चरणको संघर्षका कार्यक्रम गरिरहेको प्रचण्ड–नेपाल समूहले थप ३ वटा प्रदेशमा बृहत् कार्यकर्ता भेला तथा संघर्ष अभिमुखिकरण कार्यक्रम आयोजना गर्न लागेको हो । प्रचण्ड नेपाल समूहले सोमबार प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा बृहत् कार्यकर्ता भेला गरेको थियो ।

प्रतिनिधिसभा विघटन असंवैधानिक कदम भएको बारे कार्यकर्तालाई अभिमुखिकरण गरी जनस्तरसम्म प्रचारप्रसार गर्न यसप्रकारको कार्यक्रम आयोजना गरिएको केन्द्रीय संघर्ष समितिकी सहसंयोजक पम्फा भुसालले जानकारी दिइन् । प्रचण्ड–नेपा समूहले बुधबार बागमती प्रदेशमा बृहत कार्यकर्ता भेला गर्दैछ ।

प्रतिनिधिसभा विघटनसँगै पार्टी विभाजित भएपछि निरन्तर संघर्षका कार्यक्रम गरिरहेको प्रचण्ड नेपाल समूहले दोस्रो चरणमा आगामी माघ २३ गतेसम्मका लागि संघर्षका कार्यक्रम तय गरेको छ ।