काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल पक्षले प्रदेश १ को संसदीय दलले मुख्यमन्त्री शेरधन राईसहितका आठ जनालाई निलम्बन गरेको छ । दाहाल-नेपाल पक्षले मुख्यमन्त्री राईसहित आठ जनालाई सांसदबाट निलम्बन गरेको घोषणा गर्दै प्रदेशसभामा सिफारिस गरेको छ । दाहाल-नेपाल पक्षका संसदीय दलका नेता भीम आचार्यले एक पत्र लेख्दै प्रदेशसभा सचिवालयलाई जानकारी गराएका हुन् ।
निलम्बन गरिएकामा मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, भूमि कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङ, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, न्याय प्रशासन तथा विधायन समिति सभापति इन्द्रमणि पराजुली, अम्बिका थापा, विमल कार्की रहेका छन् । उनीहरुलाई पार्टी हित विपरीत काम गरेको, दलको कुनै बैठकमा सहभागी नभएको आरोप लगाइएको छ ।
यसअघि दाहाल-नेपाल पक्षले मुख्यमन्त्री राईविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरिसकेको छ । अविश्वास प्रस्तावपछि मुख्यमन्त्री राईले प्रचण्ड(नेपाल पक्षले १६ जना सांसदलाई निलम्बन गरेका थिए ।





प्रतिक्रिया