काठमाडौँ – उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले पुष्पकमल दाहाल र माधव नेपालको स्वार्थका कारण पार्टी फुटेको बताएका छन् । अत्तरियामा नेकपा ओली पक्षको नगरस्तरिय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री भट्टले दुवैजनाको स्वार्थ मिलेपछि अहिलेको गुटको समिकरण भएको र एकतालाई भाड्ने काम बैशाखबाट सुरु भएको बताए ।
त्यस्तै उनले दाहालको योजना माधव नेपालको काधमा बन्दुक राखेर केपीलाई पड्काउने भएको बताएका छन् । ‘प्रचण्डलाई के लाग्यो भने माधव नेपालजीको काधमा बन्दुक राखेर केपी तिर पड्काउने केपी ढालेपछि मै भए भन्ने सोच आयो । माधवजीलाई प्रचण्डको काधमा बन्दुक राखेर केपीलाई ढालीन्छ र दाहाललाई खाईहालिन्छ भन्ने लाग्यो’, उनले भने, ‘पार्टीको स्वार्थ, राष्ट्रको स्वार्थमा केन्द्रित भईयो भने यो खालका समस्या आउँदैनन् । जब नेतृत्व आत्मकेन्द्रित हुन्छ, परिवारवादमा जान्छ, नातावादमा जान्छ तव पार्टीमा समस्या आउँछ ।’
उनले पार्टी भनेको सचिवालमा भएका ५ जनाले आफूलाई मात्रै सम्झेको बताए । ‘पार्टीको विधान, विधि, पद्धती सबै भुलेर ५ जना नेताले आफूलाई पार्टी सम्झे’ मन्त्री भट्टले भने ‘सबै निर्णय वहाहरुको खल्तीबाट आउन थाल्यो, भैसिपाटीमा बसेर निर्णय हुन थाले, खुमलटारमा बसेर निर्णय हुन थाले । अनी त्यो सबैले मानैपर्ने ?





प्रतिक्रिया