देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री कपमा विनोद भण्डारीको शतक

देशान्तर

काठमाण्डौ । त्रिभुवन आर्मीका विनोद भण्डारीले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट खेलमा शतक बनाएका छन् ।

त्रिवि क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा आर्मीका कप्तान भण्डारीले गण्डकी प्रदेशविरुद्ध शतक प्रहार गरेका हुन् । ७६ बलको सामना गरेका भण्डारीले ९ चौका र ५ छक्का प्रहार गरे ।

उनले ७६ बलमा १११ रन जोडेका हुन् । आर्मीका खेलाडीमा भण्डारी शतक बनाउने दोस्रो खेलाडी हुन् । यसअघि सन् २०१८ मा आर्मीका सागर पुनले शतक बनाएका थिए ।

पहिले ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई दुई सय ८८ रनको लक्ष्य दिएको छ । आर्मीले ५० ओभरको खेलमा ६ विकेट गुमाएर दुई सय ८७ रन बनाएको हो ।