देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लोकतन्त्रको बिरुवा नमार भन्दै विवेकशीलको प्रदर्शन

देशान्तर

काठमाडौँ – संसद विघटनको विरोधमा विवेकशील पार्टीले आज माइतीघर मण्डलमा लोकतन्त्रको बिरुवा नमार १ू भन्ने नाराका साथ प्रदर्शन गरेको छ । प्रतिनिधि सभा विघटनविरुद्ध लगातार प्रदर्शन गरिरहेको विवेकशील पार्टीले शुक्रबार पनि माइतीघर मन्डलामा लोकतन्त्रको बिरुवा नमार भन्दै प्रदर्शन गरेको हो ।

लामो संघर्ष तथा त्याग पछि प्राप्त लोकतन्त्र अहिले शैशवकालमा रहेको छ । यसलाई हुर्काउने तथा संस्थागत गर्नुपर्ने अहिलेको समयमा यसको घाँटी निमोठ्न खोज्नु देशको लागि अशुभ संकेत हो । सबै राजनीतिक दल तथा नागरिकहरूले लोकतन्त्रलाई संवर्द्धन तथा संरक्षण गर्नको लागि अगाडि लाग्नुपर्छू, विवेकशील पार्टीका नेता शशिबिक्रम कार्कीले बताए ।

विवेकशील पार्टीले हरेक दिन माइतीघर मण्डलमा संसद विघटनको असंवैधानिक कदम तथा अधिनायकवाद विरुद्ध प्रदर्शन गरिरहेको छ । भोलि २७औं दिन पनि बिहान १०।३० बजे माइतीघर मण्डलमा प्रदर्शन जारी रहने विवेकशीलले जनाएको छ ।