काठमाण्डौ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन् ।
उनिबीच आज बिहान रक्षामन्त्री सिंहको निवासमा भेटवार्ता भएको हो । भेटबारे भारतीय रक्षामन्त्री सिंहले ट्वीट गरेकाछन् । भारतको नेपालसँगको सम्बन्ध सरकारमा मात्रै सीमित नभएर दुई देशका नागरिक तहबाटै अघि बढेको ट्वीटमा उल्लेख छ ।
यसअघि दिल्लीमा हिजो भएको परराष्ट्रमन्त्रीस्तरीय नेपाल–भारत संयुक्त आयोगको बैठकमा सीमाबारे छलफल भएको थियो ।तीन दिने भारत भ्रमणमा रहनुभएका मन्त्री ज्ञवाली आजै दिउँसो नेपाल वायुसेवा निगमको विमानबाट स्वदेश फर्कने कार्यक्रम छ ।





प्रतिक्रिया