काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमलाई कांग्रेसले अब टुलुटुलु हेरेर नबस्ने बताएका छन् ।
संविधानमा नभएको अधिकार प्रयोग गरेर ओलीले प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेको भन्दै उनले आफैलाई संविधान नठान्न प्रधानमन्त्री ओलीलाई चेतावनी दिए ।
‘मै संविधान हुँ भनेर प्रतिनिधिसभा विघटन गर्न पाइन्छ ?’ नेता सिंहले भने, ‘कांग्रेसको नेतृत्वमा संविधान जारी भएको हो । निर्वाचित प्रधानमन्त्रीले असंवैधानिक कदम उठाउँछ भने कांग्रेस टुलुटुलु हेरेर बस्दैन ।’
संविधानको पालक भएकाले असंवैधानिक काम हुन नदिनु राष्ट्रपतिको दायित्व भए पनि संविधानको बर्खिलापमा प्रधानमन्त्रीले गरेको सिफारिस राष्ट्रपतिले अनुमोदन गर्नु गतल भएको नेता सिंहको भनाइ थियो । संविधानको पालक भएकाले असंवैधानिक काम हुन नदिनु राष्ट्रपतिको दायित्व भए पनि राष्ट्रपति त्यसमा चुकेको उनको भनाइ थियो ।





प्रतिक्रिया