देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लुटपाट पश्चात् हत्याका फरार योजनाकार पक्राउ

देशान्तर

काठमाडौ – भक्तपुरमा लुटपाट पश्चात् हत्याका फरार योजनाकार पक्राउ परेका छन। पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका २ टिमुरे बस्ने ४२ वर्षका माईला भन्ने सोनाम तामाङ रहेका छन।

उनले असोज २१ गते रामेछाप सोनापती गाउँपालिकामा स्थायी घर भई भक्तपुरको चाँगुनारायण नगरपालिका सुडाल बस्ने ६१ बर्षीय चन्द्र बहादुर योञ्जन (लामा) लाई कुटपिट गरी सुनको ब्रासलेट तथा मोवाईल समेत लुटी कर्तव्य गरी फरार रहेका उनलाई आइतबार पक्राउ गरेको हो। काभ्रे धुलीखेल नगरपालिका वडा १ मयुरपार्कबाट पक्राउ गरी आवश्यक कार्वाहीको लागी महानगरीय प्रहरी वृत्त जगाती पठाईएको छ।

घटनामा संलग्न अन्य व्यक्तिहरु कामी लामा, रमेश तामाङ र प्रेम तामाङलाई यस अघि नै महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो।