देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रदेश एक र बागमतीमा हिँउदे अधिवेशन आजदेखि

देशान्तर

 मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएका दुई प्रदेशको हिउँदे अधिवेशन आजबाट शुरु हुँदैछ । सत्तारुढ नेकपामा विभाजन आएपछि शुरु हुन लागेको प्रदेश एक र बागमती प्रदेशको अधिवेशनमा मुख्यमन्त्रीले अविश्वासको सामना गर्नुपर्ने भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दाहाल नेपाल समूहको नेकपाले अविश्वास प्रस्ताव दर्ता गराएको छ ।

प्रदेश एकका मुख्यमन्त्री शेरधन राईविरुद्ध पनि सोही समूहले अविश्वास दर्ता गराएको छ । प्रस्ताव पास हुन आवश्यक मत दाहाल-नेपाल पक्षसँग नभएकाले दुबै प्रदेशमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको मत निर्णायक हुने देखिन्छ । कांग्रेसले भने कसलाई सहयोग गर्ने भन्ने औपचारिक निर्णय गरेको छैन ।