देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सबै शक्ति एक भएर राष्ट्र र राष्ट्रियताका पक्षमा उभिनुपर्छ : बाबुराम भट्टराई

देशान्तर

काठमाडौँ – जनता समाजवादी पार्टी नेपाल सङ्घीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले अहिले सबै शक्ति एक भएर राष्ट्र र राष्ट्रियताका पक्षमा उभिनुपर्ने बताएका छन्।

जसपाद्वारा टीकापुरमा भएको प्रतिनिधिसभा विघटनविरुद्धको विरोधसभालाई सम्बोधन गर्नेक्रममा पूर्वप्रधानमन्त्री डा. भट्टराईले यो विघटन संविधान र लोकतान्त्रिक गणतन्त्रको विघटन भएको तर्क गर्दै यसबाट तानाशाही प्रवृत्ति निम्तिने ठोकुवा गरे ।

जनमतको कदर गर्न पनि न्यायालयले न्याय गर्ने विश्वास व्यक्त गर्दै डा. भट्टराईले विघटनसँगै अन्तरराष्ट्रिय शक्तिले नेपालको आन्तरिक मामिलामा चासो राख्न थालेको भनी चिन्ता व्यक्त गरे ।