देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पार्टीबाटै काम गर्न नदिएपछि निर्वाचनको मिति तोकिएको हो : पार्वत गुरुङ

देशान्तर

काठमाडौं , सञ्चारमन्त्री पार्वत गुरुङले नयाँ जनादेशमा जानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको बताएका छन्। प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। सरकारलाई काम गर्नका लागि पार्टीबाटै बन्दी बनाइयो, त्यसैले प्रधानमन्त्रीले प्रतिनिधिसभालाई विघटन गरेर नयाँ जनादेशमा जाने निर्णय गर्नुभयो, उनले भने, उहाँको कदमले देशमा उत्साह पैदा भएको छ ।

निर्वाचनको मिति तोकेपछि मुलुक चुनावको तयारी रहेको बताएका छन्। देश निर्वाचनमा गइसकेको छ। राजनीतिक दल चुनावको एजेण्डा तयारी गर्न लागिसकेका छन् उनले भने।

सरकारले पत्रकारको हकहितको लागि काम गरिरहेको बताए। सरकारले पत्रकारको हक हितको लागि काम गरिरहेको छु उनले भने अब कोही पनि कालो झण्डा बोकेर हिँड्नुपर्ने दिन आउँदैन।

आफ्नो मर्यादा र आचारसंहितामा बस्नसमेत मन्त्री गुरुङले आग्रह गरेका छन्। नेपालको संविधानका रक्षामा समेत पत्रकारको महत्वपूर्ण भूमिका रहने बताए।