देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओलीले शान्ति प्रक्रिया विघटन गर्न खोज्दैछन् : दाहाल

देशान्तर

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रिया विघटन गर्न खोजेको आरोप लगाएका छन् । प्रचण्ड-नेपाल पक्षले काठमाडौँमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओली अहिले शान्तिप्रक्रिया विघटन गर्ने प्रक्रियामा रहेको भन्दै प्रचण्डले खबरदारी गर्दै चेतावनी दिएका छन् ।

उनले ओलीले गरेको संसद विघटन संसद विघटन मात्र नभएर जनताको बलिदानले आएको लोकतन्त्र र सम्पूर्ण शान्ति प्रक्रियानै विघटन गर्न लागेको बताए । कम्युनिष्ट पार्टीको सरकारले बाचा गरे अनुसार काम गर्न नसकेको बताउदै प्रचण्डले पार्टीको घोषणापत्र अनुसार काम गर्न नसकेको बताए ।

प्रचण्डले केपी ओलीले प्रधानमन्त्री पाउन जेपनि सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने गरेका कारण अहिलेको अवस्था आएको बताए । तीन बर्षमा ओलीलाई तह लगाउन नसकेको बताउदै प्रचण्डले पार्टी बचाउन उनका कुरा मानेर ठिक हुन्छ भनेर अगाडी बढेपनि अहिले आएर त्यो गलत भएकोले आफुले आत्मालोचित हुन चाहेको बताए ।

प्रचण्डले अब पार्टी ओली प्रवृतिलाई हुर्काउन अब मलजल नगर्ने प्रतिबद्धता व्यक्त गर्दै शुरुमै उनको प्रतिबाद गरेको भए उनी शुरुमै एक्स्पोज हुने थिए भने । प्रचण्डले अहिले संसद विघटनको विरुद्धमा सिंगो राष्ट्र एकजुट भएको भन्दै प्रतिगमनका विरुद्ध खडा भएको बताए ।

ओली र उनी निकटहरुले मिलाएको सेटिंगलाई जनताको बलले भत्काईदिने बताउदै प्रचण्डले अब जनताको सेटिंग हुने र त्यसलाई कसैले भत्काउन नसक्ने बताए । काठमाडौँमा उत्रिएको जनसागरलाई अदालत र निर्वाचन आयोगले देखेको छ भन्दै प्रचण्डले जनताको मतका आधारमा पनि अदालत र संबैधानिक निकायले निर्णय गर्नुपर्ने बताए ।

कमर्चारीलाई कारवाही गर्ने धम्की दिइएको भन्दै प्रचण्डले आफ्नो सरकार आएपछि ओली र उनका समर्थकलाई कारवाही गर्ने चेतावनी दिए । प्रचण्डले पूर्व माओवादीहरु अहिले बढी खरानी घसेर चिन्न नसक्ने भएको भन्दै आफुलाई लाज लागिरहेको बताए । प्रचण्डले सामाजिक न्यायप्रति इमान्दार पार्टी बनाउन चाहेको भन्दै नेपाली जनतालाई खुशी दिन र राहत दिन सक्ने पार्टी बनाउन सकने पार्टी बनाउन चाहेको बताए ।