देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओली कम्युनिष्ट आन्दोलनको भगौडा हुन् : झलनाथ खनाल

देशान्तर

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिष्ट आन्दोलनको भगौडा भएको बताएका छन् । प्रचण्ड-नेपाल पक्षले काठमाडौँमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै नेता खनालले केपी ओली अब कमरेड नरहेको भन्दै उनी अब कम्युनिष्ट आन्दोलनको भगौडा भएको टिप्पणी गरेका हुन् । नेता खनालले संबिधानको रक्षा गर्न सडकमा आउनुपरेको बताउदै कम्युनिष्ट आन्दोलनका घातक तत्व रहेको बताए ।

संबिधानले प्रधानमन्त्रीहरुलाई राजनीतिक कदम चाल्ने अधिकारिक नदिएको भन्दै ओलीले चालेको कदम प्रतिगमन भएको नेता खनालले भने । पुस ५ को घटना संबिधान विरोधी घटना हो, लोकतन्त्र विरोधी घटना भएको भन्दै नेता खनालले संबिधानको व्यवस्था पाँच बर्ष संसद विघटन गर्न नसक्ने भएको जिकिर गरे । ओलीले राष्ट्रलाई दुर्घटनामा फसाएर आफुलाई नै आधिकारिक हो भन्दै हिडेको भन्दै नेता खनालले सडकमा आएर को आधिकारिकता हो हेर्न आग्रह गरे ।

उनले सर्वोच्च अदालत ०६२-०६३ को आन्दोलनले जन्माएको संबिधानले गठन भएको अदालत भएकोले संबिधान बाहिर गएर ब्याख्या गर्नै नसक्ने दाबि गर्दै नेता खनालले संसद पुनर्स्थापना हुने बताए ।