देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्रीको प्रतिक्रिया- ‘आमसभा कस्तो हुन्छ, माघ २३ गते हेर्नू’

देशान्तर

काठमाडौं । संसद विघटनपछि आन्दोलनमा उत्रिएको प्रचण्ड-माधव समूह र केपी शर्मा ओली समूहले अब आरोप प्रत्यारोप मात्र होइन, आमसभाको जवाफ आमसभाबाटै दिने भएको छ । जसको सुरुवात प्रधानमन्त्तीसमेत रहेका ओलीले गर्नेछन् ।

दोस्रो चरणको आन्दोलनमा रहेको प्रचण्ड-माधव समूहले शुक्रबार काठमाडौंमा हजारौं कार्यकर्ताको उपस्थितिमा शक्ति प्रदर्शन गरेसँगै ओलीले आजको आमसभाको जवाफस्वरुप माघ २३ गते काठमाडौंमै आमसभा गर्ने घोषणा गरेका छन् ।

प्रचण्ड-माधव समूहले लाखौँ कार्यकर्ता सडकमा उतारेर सरकारलाई दबाब दिएको बताएकै दिन प्रधानमन्त्री ओलीले साँघुरा गल्लीमा मान्छे भर्दैमा आमसभा नहुने भन्दै आमसभा कस्तो हुन्छ भनेर हेर्न माघ २३ गते कुर्न आग्रह गरेका छन् ।

कार्की ब्याङ्क्वेटमा कर्याकर्तालाई सम्बोधन गर्दै ओली समूहको अध्यक्ष समेत रहेका उनले भने, ‘उहाँहरूको सभामा हामी भन्दा अलिकति बढी मान्छे रहेछ, देशभरिबाट अलिअलि मान्छे जम्मा गरेछन् ।’ संसद पुन:स्थापनाबारे अदालतलाई धम्की नदिनसमेत उनले चेतावनी दिए ।