काठमाडौं – नेपाल वार एशोसिएसनका चार पूर्व अध्यक्षहरुद्वारा प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको अपमान गरेको भन्दै मानमर्दन गरेको भन्दै अदालतको अपहेलना गरेको आरोप लगाएका छन् । चार अध्यक्षहरुले आइतबार संयुक्त वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीको अभिव्यक्ति कानुन व्यवसायमाथिकै निर्लज्ज प्रहार भएको भन्दै सार्बजनिक क्षमायाचना गर्न र अदालतको अपहेलना जन्य कार्य गरेकोमा कारवाही गर्न माग गरेका छन् ।
विज्ञप्ति निकाल्नेमा बारका पूर्वअध्यक्षहरु वरिष्ठ अधिवक्ता हरिहर दाहाल, शम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादुर केसी रहेका छन् । उनीहरुले संसद पुनःस्थापनाको पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गरेर प्रधानमन्त्री ओलीले ‘एक जना बाजे वकिललाई लिएर तमासा गर्न गएछन्’ भनेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अहिलेका सबैभन्दा वरिष्ठतम कानुन व्यावासायी समेत रहेका भण्डारीको अपमान र मानमर्दन गरेको आरोप लगाएका छन् ।
चार पूर्व अध्यक्षहरुको विज्ञप्ति :






प्रतिक्रिया