देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सर्वोच्च अदालतमा प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलनाको निवेदन पेस

देशान्तर

काठमाडौँ – सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलनाको निवेदन पेस भएको छ ।

ओलीमाथि कानुन व्यवसायीमाथि जथाभावी बोलेको र अदालतमा विचाराधीन विषय प्रभावित पार्न खोजेको भन्दै कारबाहीको मागसहित आइतबार वरिष्ठ अधिवक्ता कुमार शर्माले निवेदन पेस गरेका हुन् ।

प्रधानमन्त्री ओलीले केही दिनअघि (अस्ति) बाजे वकिल भनी वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीमाथि व्यंग्य गरेका थिए ।