देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रचण्ड – माधव समूहको तेस्रो चरणको आन्दोलन घोषणा

देशान्तर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) को प्रचण्ड माधव समूहले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ। माघ १३ देखि २८ गतेसम्म प्रचण्ड माधव समूहले तेस्रो चरणको आन्दोलनको कायर्यक्रम घोषणा गरेको हो।

संघर्ष समितिले सोमबार पत्रकार सम्मेलन गर्दै आन्दोलनको कार्यक्रम ल्याएको छ। १३ गते सिटी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना, १६ गते जुलुससहित शहीद हरुलाई श्रद्धाञ्जली दिने, २२ गते काठमाडौंमा युवा र्‍याली, २६ गते मसाल जुलुस र २८ गते काठमाडौंमा वृहत विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको स्थायी कमिटी सदस्य पम्फा भुसालले बताइन्।