देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओलीले प्रधानमन्त्री पदको गरिमालाई माटोमा मिलाइदिए : कांग्रेस

देशान्तर

काठमाडौ , प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला केही दिनयता दिएका सार्वजनिक अभिव्यक्तिप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ

कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले आज विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री पदको गरिमालाई ओलीले माटोमा मिलाइदिएको जनाएका हुन्।

‘प्रधानमन्त्रीका पछिल्ला कयौं अभिव्यक्तिले प्रधानमन्त्री पदको गरिमालाई धुलिसात् बनाउँदै लगेका छन्’,उनले भनेका छन्, ‘आफ्नो कदम विरुद्ध उठेका स्वर र समुदाय हरेकलाई होच्याउने र अपमान गर्ने कर्ममार्फत उहाँले तिनको भन्दा बढी आफ्नै मर्यादित जिम्मेवारीको अमर्यादित ढंगले अपमान गरिरहनुभएको छ। उहाँको यो प्रवृत्ति दुःखद मात्रै होईन, लज्जास्पद पनि छ।

संसद् विघटनको विरोध गर्नेहरु देशविरोधी हुन् भनेर प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्ति अत्यन्त आपत्तिजनक रहेको शर्माले विज्ञप्तिमा उल्लेख गरेका छन्।