देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस केन्द्रीय समितिकाे बैठक आज

देशान्तर

पाली कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक आज बस्दैछ । आजको बैठकमा प्रतिनिधिसभा विघटन विरुद्ध सडक आन्दोलन र विरोध कार्यक्रमलाई निरन्तरता दिन सभापति शेरबहादुर देउवामाथि दबाब बढ्ने देखिन्छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले प्रतिनिधिसभा विघटनविरुद्धको सडक संघर्षलाई निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेको छ । हिजो पार्टी महामन्त्री शशांक कोइरालाको निवासमा बसेको समूहको बैठकले आज बस्ने केन्द्रीय समिति बैठकमा सडक संघर्षको निरन्तरलाई छलफलको एजेन्डा बनाउने निर्णय गरेको छ ।

विघटनविरुद्ध सडक संघर्ष गर्ने या अदालतको निर्णय कुर्ने भन्ने विषयमा काँग्रेसभित्र दुई धार देखिएको छ । सभापति शेरबहादुर देउवा मध्यावधि निर्वाचनको पक्षमा देखिँदा पौडेल पक्षले विघटनविरुद्धको सडक संघर्षलाई प्राथमिकता दिनु पर्ने अडानमा देखिएको छ ।

बैठकपछि प्रतिक्रिया दिँदै नेता पौडेलले पार्टीले आगामी दिनमा कस्तो कदम चाल्ने भनेर निकटहरुसँग परामर्श गरिएको जानकारी दिएका थिए । छलफलले पार्टीको आसन्न १४ औं महाधिवेसन ग्यारेन्टी गर्न सभापति देउवालाई दवाब दिने निर्णय गरेको छ ।

पार्टी समायोजनको बाँकी काम सकेर माघभित्रै क्रियाशील सदस्यताको टुंगो लगाउन र महाधिवेशनको नयाँ कार्यतालिका सीध्र सार्वजनिक गर्न आजको केन्द्रीय समिति बैठकमा सभापतिलाई दवाब दिने निर्णय भएको छ ।

छलफलमा सहभागि नेता नविन्द्रराज जोशीले प्रतिनिधि सभा विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गर्दै महाधिवेसन सुनिश्चितताका लागि संस्थापन पक्षलाई दबाव दिने विषयमा छलफल भएको जानकारी दिए ।