देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सभापति देउवा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

देशान्तर

काठमाडौँ – अमेरिकी राजदूत र्‍यान्डी बेरीले सोमबार बेलुकी कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका छन् । बूढानीलकण्ठस्थित देउवा निवासमा उनीहरूबीच अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेन प्रशासनको प्राथमिकताबारे छलफल भएको थियो ।

बेरीले बाइडेन प्रशासनका प्राथमिकताबारे देउवालाई जानकारी गराएका थिए । बाइडेनले कार्यभार सम्हालेयता अमेरिकाले लोकतन्त्रलाई सुदृढ पार्ने, जलवायु परिवर्तनका विरुद्ध लड्ने र विश्वभर महिलाअधिकारको उत्थान गर्ने विषयमा प्रतिबद्धता जनाइरहेका छन् । जसलाई राजदूत बेरीले ओली, दाहाल र देउवासँगको भेटवार्तामा पनि दोहोर्‍याएका थिए ।

देउवासँगको भेटपछि आफ्नो ट्विटमा बेरीले नयाँ राष्ट्रपतिका प्रशासनको विश्व प्राथमिकताबारे छलफल गर्न आफूले नेपाल सरकार र राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गरिरहेको उल्लेख गरेका छन् ।