काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नागरिकमाथि सरकार निर्लज्ज रुपमा प्रस्तुत भएको बताएका छन् । सोमबार भएको नागरिक समाजको आन्दोलनमा भएको हस्तक्षेप बारे टिप्पणी गर्दै नेता पौडेलले प्रतिगमनविरुद्धको आन्दोलनमा आफ्नो समर्थन हुने बताएका छन् ।
नेता पौडेलले हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा यसैगरि बरबराउने गर्दछन् भन्दै जसरी अहिले प्रधानमन्त्री केपी ओली आफ्नो विरोधीलाई अपमानित गर्न तम्सिएको बताएका छन् ।
उनले भनेका छन् – प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ती र सरकारले नागरिकमाथि गर्ने व्यवहार हेर्दा सरकार निर्लज्ज रुपमा प्रस्तुत भएको छ । हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा यसैगरि बरबराउने गर्दछन्, जसरी अहिले प्रधानमन्त्री केपी ओली आफ्नो विरोधीलाई अपमानित गर्न तम्सनुभएको छ ।
सबै प्रतिगामी शासक र तानाशाह नागरिकमाथि आफ्नो अन्तिम घडीमा यसैगरि दमनमा उत्रने गर्दछन्, जसरी सोमवार प्रबुद्ध नागरिकमाथि प्रहार भयो । तर दमनले नागरिकलाई थप उर्जा प्रदान गर्दछ, अझै प्रतिमनसँग डटेर लड्नका लागि प्रतिगमनविरुद्धका सबै आन्दोलनमा मेरो साथ र सर्मथन रहनेछ ।





प्रतिक्रिया