देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विघटित प्रतिनिधि सभाका नेकपा सांसदहरु माइतीघर मण्डलामा धर्ना गर्दै

देशान्तर

काठमाडौ । प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनरत् नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) का विघटित प्रतिनिधि सभाका सांसदलगायत नेताहरु आज बुधबार माइतीघर मण्डलामा धर्ना दिएका छन्।

सो धर्नामा नेकपा स्थायी समिति सदस्यहरु अष्टलक्ष्मी शाक्य, देव गुरुङ, पम्फा भुसाल, हरिबोल भट्टराई लगायत पूर्वसांसद तथा नेताहरु सहभागी छन्।

‘संसद विघटन गर्न पाईंदैन’ भन्नेलगायतका नारा लेखिएका पम्पलेट छातिमा टाँसेर उनीहरु त्यहाँ धर्नामा बसेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते हठात् प्रतिनिधि सभा विघटन गरेपछि सत्तारुढ नेकपा राजनीतिकरुपमा विभाजित भई बनेको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपा अहिले विघटनविरुद्ध आन्दोलित छ।

आन्दोलनरत् नेकपाले सुरु गरेको दोस्रो चरणको आन्दोलन अन्तर्गत आज माइतीघर मण्डलामा धर्ना कार्यक्रम गरेको हो।