देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पार्टी शुद्धीकरणको अभियान चलेको छ : प्रधानमन्त्री ओली

देशान्तर

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय पार्टी झन् एकताबद्ध भएर अगाडि बढेको बताएका छन् । नेपाल ट्रेड युनिययन महासङ्घ (जिफन्ट)को राष्ट्रिय कार्यकर्ता भेलालाई आज यहाँ सम्बोधन गर्दै उनले पार्टी शुद्धीकरणको अभियान अगाडि बढेको र पार्टीभित्र विकृति, अराजकता र स्वार्थी प्रवृत्तिको किनारा लागेको बताए । “पार्टी शुद्धीकरणको अभियान चलेको छ, कोही पनि निराश हुनु पर्दैन”, उनले भने, “ आज पार्टीमा जुन एकता देखिएको छ, त्यो कति वर्षदेखि थिएन, आज हाम्रो पार्टी सबैभन्दा बढी एकताबद्ध पार्टी भएको छ । सबैभन्दा अनुशासित पार्टी हाम्रो पाटी हो ।”

उनले नेकपा एक विचार, एक मन, एक उद्देश्य, एक धारणाका साथ समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न एकजुट भएर लागेको बताए । अबको आन्दोलन देशभक्तिपूर्ण र लोकतान्त्रिक हुनुपर्नेमा जोड दिँदै उनले सामाजिक न्यायसहितको समतामूलक समाज निर्माण गर्न कम्युनिष्ट पार्टी मजबुत हुनुपर्ने बताए । “सही विचार बोकेको र एकताबद्ध कम्युनिष्ट पार्टीले मात्र आन्दोलनलाई गति साथ हाँक्न सक्छ”, उनले भनर, “हामीलाई अनुशासित र गतिशील पार्टी चाहिएको छ, आज हाम्रो पार्टी त्यस्तै बनेको छ, आज हामी विचारमा कुनै अलमलमा छैनौँ ।” सरकार सुखी नेपाली समृद्ध नेपालीको नारा बोकेर अघि बढेको र त्यसबाट किञ्चित पछि नपर्ने दृढता व्यक्त गरे ।

आफूले बारम्बार योग्यता र क्षमता भएका व्यक्तिलाई कामको जिम्मेवारी दिन खोज्दा भाग खोजेर हैरान पारेको गुनासो उनले गरे । सरकारले गरेको जनपक्षीय कामलाई गुमराहमा राखेर केही सञ्चार माध्यममले सरकारको कामको खोइरो मात्र खनेको आरोप लगाउँदै उनले वामपन्थी सरकार ढाल्ने अभियानमा पार्टीभित्रैका केही व्यक्ति लागेको बताए ।