देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपाका दुवै समूहसँग निर्वाचन आयोगले आज छलफल गर्दै

देशान्तर

निर्वाचन आयोगले आज नेकपाका दुवै समूहलाई छलफलका लागि बोलाएको छ । केपी ओली र पुष्पकमल दाहाल र माधब नेपाल नेतृत्वको दुबै नेकपाले आफुलाई आधिकारिक दावि गरेपछि आयोगले छलफल गर्न बोलाएको हो ।

आयोगले आज साढे एघार बजे दुबै समूहका प्रतिनिधिलाई छलफलका लागि डाकेको हो । आयोगले छलफलमा अध्यक्ष अथवा अध्यक्षले तोकेका आधिकारिक पाँच–पाँच जनालाई आयोगले बोलाएको छ ।

आगामी निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन गर्ने समय आउन लागेकाले त्यस विषयमा छलफल गर्न लागेको निर्वाचन आयोगले जनाएको छ ।

यसअघि आधिकरिकताका लागि दुबै समूहले दिएको निवेदनमा दावी नपुगेको आयोगले जनाएको थियो । आयोगले माघ १२ गते दुवै पक्षलाई आधिकारिकता नदिने निर्णय गर्दै पत्राचार समेत गरेको थियो । पार्टी विभाजनछि नेकपामा पार्टीको नाम र चुनाव चिन्ह आफ्नोमा पार्न होडबाजी चलेको छ ।

प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा व्यवहारिक रुपमा विभाजित भएको छ । तर औपचारिक विभाजन नहुँदा आयोगले त्यसमा कुनै निर्णय दिएको छैन ।