देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओलीको महाराज बन्ने सपना पूरा हुन दिन्नौँ : अध्यक्ष दाहाल

देशान्तर

धनकुटा – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले मनपरि गुन्डागर्दी गर्दैमा संसद् विघटन नहुने बताएका छन्। नेकपा प्रदेश १ ले विराटनगरमा आयोजना गरेको विरोधसभामा बोल्दै दाहालले केपी ओलीले इतिहासमा कलंकको टीका लगाएको बताएका छन्।

उनले पार्टी एकता भएपछि सबै क्षेत्रका जनतालाई समृद्ध बनाउन सकिन्छ भन्ने सपना देखेर पार्टी एकताको प्रस्ताव गरेको बताउँदै अहिले केपी ओलीको महाराज बन्ने खोजेको बताएका छन्। तर, केपी ओलीको महाराज बन्ने सपना पूरा हुन नदिने बताए।

पूर्व-प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले जरुरी पर्यो भने संसदको बैठक बसेर केपीलाई कारबाही गरेर जानेसक्ने भएपनि सर्वोच्च अदालतले सही फैसला गर्छ भनेर कुरेर बसेको बताए। उनले संविधानको रक्षा गर्नु कर्तव्य रहेको बताउँदै संविधान रक्षाका लागि जोसँग एकताको प्रस्ताव गरियो उसैले ३ वर्ष नहुँदै उनले धोका दिएको बताए।

उनले केपी ओली बेइमान, धुर्त, ठग भएको र उनको पछाडि राजा महाराजाका धुपौरे मात्रै लागेको बताए। केपी ओलीका केही मान्छेले सबैतिर सेटिङ गरेको भन्ने सुनेको बताउँदै जनताले गरेको सेटिङ मान्ने हुने तर, केपीले गरेको सेटिङ मान्ने नहुने बताए।