काठमाडौं । सरकारको प्रतिगामी कदमविरुद्ध आन्दोलन गरिरहेको बृहत् नागरिक अगुवाले आज पनि विरोध कार्यक्रम जारी राख्ने भएको छ। बृहत् नागरिक आन्दोलनले आज काठमाडौंको सिफल चौरमा विरोध कार्यक्रम गर्ने भएको हो।
प्रतिनिधिसभा विघटनको विरोधमा दिउँसो २ बजे हुने कार्यक्रममा केदारभक्त माथेमा, तुलानारायण शाह, रीता परियार लगायतले सम्बोधन गर्ने आन्दोलनले जनाएको छ।
नागरिक आन्दोलनले केही दिनअघि बालुवाटार अगाडि प्रदर्शन गरेको थियो। बालुवाटारमा भएको प्रदर्शनमा प्रहरीले अवरोध गरेको थियो।





प्रतिक्रिया