देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रतिनिधिसभा विघटनविरुद्धका रिट : निवेदकको बहस सकियो, सोमबारदेखि सरकारी पक्षले बहस गर्ने

देशान्तर

काठमाडौँ – प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदनकका तर्फबाटका कानुन व्यवसायीहरूको तर्फबाटको बहस सकिएको छ । माघ ४ गतेदेखि सुरु भएको निरन्तर बहस १३ दिनमा निवेदकका तर्फबाट सकिएको हो । १३ रिट निवेदककातर्फबाट संवैधानिक इजलासमा करिब ७० कानुन व्यवसायीले बहस गरेका थिए ।

रिट निवेदकका तर्फबाट २ सय भन्दा बढी कानुन व्यवसायीले वकालतनामा भरेका थिए । रिट निवेदककातर्फको बहस सकिएपछि सोमबारदेखि विपक्षी प्रधानमन्त्री केपी शर्मा ओलीकोतर्फबाटका कानुन व्यवसायीहरूले बहस गर्नेछन् ।महान्यायाधीवक्ता अग्नि खरेललगायत सरकारी वकिल र प्रधानमन्त्री ओलीकोतर्फबाट निजी वकिलहरूले बहस गर्नेछन् ।