देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

म्यानमारमा भएको सैन्य ‘कू’को नेपाली कांग्रेसद्धारा निन्दा

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले म्यानमारमा सेनाले ‘कू’ गर्दै शासन सत्ता हातमा लिएकोमा निन्दा गरेको छ ।

सेनाले सोमबार एनएलडीकी नेतृआङ साङ सुकी र राष्ट्रपति विन मिन्ट लगायतका नेताहरुलाई गिरफ्तार गरेको छ भने एक वर्षका लागि संकटकाल लगाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यसको विश्वव्यापी रुपमा निन्दा गनुपर्ने बताए । उनले भने, ‘सबैले यसलाई साझा ऐक्यवद्धताका साथ प्रश्न उठाउनुपर्छ । गत नोभेम्बरमा भएको चुनावमा सुचीको पार्टी एनएलडीले बहमुत प्राप्त गरेको भएको थियो । तर चुनावमा धाधली भएको भन्दै सेना र सरकारबीच टकराव बढेको थियो, त्यही क्रममा सोमबार शासनसत्ता हातमा लिएको सेनाले एक वर्ष संकटकाल लगाएको छ ।

चुनावमा प्रश्न उठेको भए संवैधानिक राजनीतिक प्रक्रियाबाट हल गर्नुपर्ने भन्दै कांग्रेस प्रवक्ता शर्माले भने, ‘सेनाले हस्तक्षेप वा निर्वाचित शासकबाट लोकतान्त्रिक प्रक्रियामा हुने हस्तक्षेप ओलाचित विषय बन्छ । नेपाली कांग्रेस म्यानमारको घटनाप्रति विरोध गर्न चाहन्छ ।